परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री

काठमाडाैं | फागुन १५, २०७९

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री

काठमाडौं: परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो ।

 

“दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षकमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरूले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो”, उहाँले भन्नुभयो, “सोही उद्देश्यअनुरूप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।”

 

क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दिगोपनलाई सुनिश्चितता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । “परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्त्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।”

 

उहाँले नीतिमा प्रष्टसँग आप्रवासन र यसले पारेको असरलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ट्र्याक टु र पब्लिक डिप्लोमेसी, सुरक्षा निकायका भूमिकालाई अब बन्ने परराष्ट्र नीतिमा राख्नुपर्नेछ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार हामीले पुनरावलोकन गर्दछौँ  ।” आफूले पदभार सम्हालेलगत्तै सेवा प्रवाहलाई प्रमुखता दिएर काम गरेको जानकारी दिँदै उहाँले जिम्मेवारीका अवधिमा आफूले राहदानी, कन्सुलर र राहत तथा उद्धार सेवा प्रभावकारी बनाएको दाबी गर्नुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्